२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

लुम्बिनीमा बुधबार सञ्चालन गर्न लागिएको स्वास्थ्य शिविर स्थगित

मंगलवार , माघ ११, २०७८

भैरहवा, ११ माघ ।
लुम्बिनीमा बुधबार सञ्चालन गर्न लागिएको एकदिने निःशुल्क स्वास्थ्य शिविर स्थगित गरिएकोछ । दयाराम हेल्प फाउण्डेशन, लुम्बिनीको आयोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिका–१ स्थित खुनगाईमा गर्न लागिएको शिविर स्थगित गरिएको हो ।

शिविरको सम्पूर्ण तयारी पुरा भए पनि कोभिड–१९ को महामारीका कारण स्थानीय प्रशासनबाट अनुमति प्राप्त नभएका कारण स्थगित भएको फाउण्डेशनका उपाध्यक्ष शिवकुमार यादवले बताए । ‘परिस्थिति सहज भएपछि प्रशासनको अनुमतिले आगामी दिनमा आयोजना हुने र सो को जानकारी गराउनेछौं, ’उनले भने ।

दयाराम हेल्प फाउण्डेशन, लुम्बिनीले विगत ५ वर्षदेखि लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ । समाजसेवी स्व. दयाराम यादवको पुण्यतिथिको अवसर पारेर माघ १२ गते शिविर आयोजना हुँदै आएको र प्रत्येक वर्ष ८ सय व्यक्ति लाभान्वित हुने फाउण्डेशनले जनाएको छ ।