२०८३, आषाढ १९ गते

Jul 03 2026 | २०८३, आषाढ १९ गते

होटल पौवामा सित्तैमा कफि 

मंगलवार , माघ ११, २०७८

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • भैरहवा। होटल पौवाले होटलमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई कफिले स्वागत गर्ने जनाएको छ। 

    जाडो मौसममा होटलमा आउने सबैलाई कफिले स्वागत गर्ने गरेको होटल पौवा भैरहवाका महाप्रबन्धक बिष्णु भण्डारीले जानकारी दिए। 

    कफिका पारखिलाई समेत ध्यानमा राखेर पुष १५ गते देखि शुरु गरिएको कफि सहितको न्यानो आथित्यता फागुन १ गते सम्म रहने महाप्रबन्धक भण्डारीले जानकारी दिए। 

    होटल पौवाले फागुन १ गतेसम्म कफि पिउन चाहनेहरुलाई एक कप कफि सित्तैमा उपलब्ध गराउदै आएको जनाएको छ। 
    पौवाले १० वटा शाखाबाटै यो सेवा प्रदान गर्दै आएको छ। होटल पौवामा रेष्टुरेण्ट सहित आवास सुबिधा प्रदान गर्दै आएको छ।