images

शनिवार, बैशाख २२ गते २०८१

समाजसेवी मुक्तिराम पोखरेल अष्ट्रेलियामा सम्मानित

समाजसेवी मुक्तिराम पोखरेल अष्ट्रेलियामा सम्मानित

images
images
images
मंगलवार, माघ ११ २०७८
मंगलवार, माघ ११ २०७८
  • समाजसेवी मुक्तिराम पोखरेल अष्ट्रेलियामा सम्मानित

    भैरहवा, ११ माघ ।

    images
    images
    images

    सकारात्मक सोच र स्वयंसेवी भावना भएका समाजसेवी मुक्तिराम पोखरेल अष्ट्रेलियामा सम्मानित भएका छन्। 

    विभिन्न सामाजिक संघ–संस्थामा सक्रिय रहेका पाेखरेल समाज परिवर्तन गर्न सकिन्छ भन्ने भावनालाई आत्मसाथ गर्दै बुद्ध जन्मथल लुम्बिनी, रूपन्देही जिल्लाको आफ्नो मातृभूमिबाट दुई दशक भन्दा बढी समुदाय, जिल्ला र केन्द्रका हरेक तह र तप्कामा रहेर सामाजिक एवं परोपकारी एवं अनुकरणीय कार्य गर्दै सामाजिक यात्रामा लम्किएका मुक्तिराम पोखरेल पछिल्लो समयमा विगत ९ वर्षदेखि अष्ट्रेलियालाई कर्मथलो बनाएर काम गदै अाएका छन्। 

    फेन्का प्रतिनिधि सदस्य, नेपाली कला संस्कृति तथा साहित्यिक प्रतिष्ठानको पूर्व महासचिव, नेप्लिज ब्लड डोनर एसोसिएशन अष्ट्रेलियाका उपाध्यक्ष, अन्तर्राष्ट्रिय साहित्यक समाजका आजीवन सदस्य, नेपाली युथ फोरम अष्ट्रेलियाका संरक्षक र हाल रूपन्देही सामाजिक संजाल अष्ट्रेलियाका वर्तमान अध्यक्ष मुक्तिराम पोखरेल जोर्ज कम्युनिटी भलन्टियर अवार्डबाट अष्ट्रेलियामा सम्मानित भएका हुन् । 

    सेन्ट जर्ज एरियामा रहेर परोपकारी एवं समुदाय हितका लागि गरेको योगदानको उच्च मुल्याकन गर्र्दै एक कार्यक्रमबीच मंगलवार अष्ट्रेलियाका नवनियुक्त बहुसांस्कृतिक तथा  जेष्ठ नागरिक मन्त्री मार्क कोर जोसेफले पोखरेललाई सम्मान गरेका हुन् । यो सम्मानले आफू प्रसन्न हँुदै समुदायको हितको लागि सामाजिक कार्यमा अझ अगाडी बढ्न् प्रेरणा जागेको र थप जिम्मेवारी बहन् भएको पोखरेलले धारणा व्यक्त गरे ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij