२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

निःशुल्क मास्क बाड्दै अर्घाखाँची सिमेन्ट

शुक्रवार , आश्विन ३०, २०७७

भैरहवा, ३० असोज ।
अर्घाखाँची सिमेन्ट प्रा.लि. सियारी–२, रुपन्देहीले निःशुल्क मास्क वितरण गरिरहेको छ । ‘कोरोना भाइरसबाट बच्नको लागि मास्कको प्रयोग गरौं’ भन्ने नाराका साथ बुधबार र बिहीबार गरी ३५ हजार थान एननाइटी फाइभ मास्क वितरण गरिएकोप्रा.लि.का महाप्रबन्धक उद्धव बहादुर कार्कीले बताए ।

प्रा.लि.का मार्केटिङ म्यानेजर निलकण्ठ खनालका अनुसार शुक्रबार मिलनचोक पवन मिष्ठान भण्डार नजिकै थप ४ हजार थान मास्क वितरण गरिएको हो । 

प्रा.लि.का मार्केटिङ म्यानेजर निलकण्ठ खनाल, पर्चेज म्यानेजर अनिल कुमार गुप्ता, विरचन्द यादवले लगायत कर्मचारीले मास्क वितरण गरिरहेका छन् ।