२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

थप ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

आइतवार , माघ ९, २०७८

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौँ। नेपालमा आइतबार ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १३ हजार ३ सय ७७ पिसिआर परिक्षणका क्रममा ५ हजार ५ सय ९८ जना र ४ हजार ६० एन्टीजेन परिक्षणका क्रममा ८ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    पछिल्लो संक्रमणको अवस्था अनुसार ८८ प्रतिशतमा ओमिक्रोन पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ५५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    त्यस्तै थप १ हजार ४ सय १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख २१ हजार ६ सय ९९ संक्रमित निको भएका छन् । हाल नेपालमा ७७ हजार ४० सक्रिय संक्रमित आइशोलेशन र १ सय ४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।