२०८३, जेठ ६ गते

May 20 2026 | २०८३, जेठ ६ गते

पछिल्लो एक दिनमा रुपन्देहीमा अत्याधिक वर्षा

बुधवार , श्रावण ७, २०७७

  • 6.2K
    Shares
  • 6.2K
    Shares
  • बुटवल । रुपन्देहीमा पछिल्लो १२ घण्टामा अत्याधिक बर्ष भएको छ । जल तथा मौसम पुर्वानुमान शाखाले दिएको जानकारी अनुसार रुपन्देहीको सूर्यपुरामा ५४ मिलिमिटर वर्षा भएको हो । यस्तै भैरहवामा ५२ मिलिमिटर, कपिलबस्तुमा ४१ मिलिमिटर तथा बाँकेमा ३० मिलिमिटर पानी परेको हो ।

    देशभरको मौसम बुधबार पनि सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्य वर्षा हुने महाशाखाले जनाएको छ । तर विगतका केही दिन भन्दा बुधबार मौसममा केही सुधार हुने संकेत देखिएको मौसमविदले बताएका छन् ।

    मनसुनी न्यून चापीय रेखा देशको पश्चिम भूभाग भन्दा केही दक्षिणतिर सरेकाले पश्चिममा मौसम केही सुधार हुने मौसमविद समिर श्रेष्ठले जानकारी दिए । तर पूर्व र मध्यमा भने बदली र वर्षा पश्चिममा भन्दा बढी हुने छ ।

    देशभर मनसुनी वायुको प्रभाव छ । यस्तै पूर्वी भू–भागमा मनसुनी न्यून चापीय रेखा नेपाल नजिक रहेकाले बदली तथा वर्षा बढी हुने देखिएको हो ।

    अहिले देशभर सामान्य बदली रही प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    बुधबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै राति भने देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    बुधबार पनि देशका अधिकांश क्षेत्रमा वर्षा हुने भएकाले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।