२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

एमाले अध्यक्ष ओलीलाई कोरोना पुष्टि

आइतवार , माघ ९, २०७८

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कोराना सङ्क्रमण पुष्टि भएको छ ।

    एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार लक्षण देखिएपछि गरिएको परीक्षणमा अध्यक्ष ओलीलाई सङ्क्रमण भएको र उनी हाल बालकोटस्थित निवासमा आइसोलेशनमा रहेका छन् ।

    आसन्न स्थानीय तहको निर्वाचनलगायत विषयमा आज अध्यक्ष ओलीले पत्रकार सम्मेलन आयोजना गरेको कार्यक्रम स्थगन भएको छ भने पार्टीको धारणा प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गरिने जनाइएको छ । रासस