२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

प्रहरी निरीक्षक सुरज खत्रीसहित तीन प्रहरी इञ्चार्ज सम्मानित

शनिवार , माघ ८, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, ८ माघ ।
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागू गरेको हाई ईन्टिग्रिटी इञ्चार्ज अवार्डबाट तीनजना प्रहरी इञ्चार्ज सम्मानित भएका छन् । पुस महिनाको ‘हाई ईन्टिग्रिटी इञ्चार्ज अफ द मन्त’बाट ईलाका प्रहरी कार्यालय मझगावामा कार्यरत प्रहरी निरीक्षक सुरज खत्री, प्रहरी बिट बसपार्क भैरहवामा कार्यरत प्रहरी सहायक निरीक्षक नरेन्द्र बहादुर बम्जन र प्रहरी चौकी पोहवामा कार्यरत प्रहरी सहायक निरीक्षक मनोज कुमार तिवारी सम्मानित भएका हुन् ।

    जिल्लाभित्र कार्यरत प्रहरीहरुमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने कार्ययोजना बमोजिम पुस महिनामा समग्र ईन्टिग्रिटीको पक्षहरुको आधारमा उच्च ईन्टिग्रिटी स्कोर प्राप्त गर्ने उक्त ईञ्चार्जहरुलाई नगद पुरस्कारसहित ‘हाई ईन्टिग्रिटी ईन्चार्ज अवार्डबाट सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक भाष्कर चन्दले बताए ।

    ‘सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढंगबाट सम्पादन गर्दै जिल्ला प्रहरी कार्यालयबाट संचालन गरिएको फरार अपराधी पक्राउ, पटाका बरामद, अवैध सामान बरामद, लागुऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा उच्च इन्टग्रेटी स्कोर प्राप्त गरी कार्यालयको लक्ष्य प्राप्तीमा महत्वपूर्ण योगदान गरी आफ्नो मातहत प्रहरी कर्मचारीहरुलाई समेत गैह्रब्यवसायीक गतिविधिहरु नियन्त्रण गर्दै उच्च नैतिक आचरणमा रही उल्लेखनीय भूमिका निर्वाह गरेकोले सम्मान गरिएको हो, ’सहायक प्रवक्ता चन्दले भने ।

    जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार के.सी.ले प्रहरी निरीक्षक खत्री तथा प्रहरी सहायक निरीक्षक बम्जन  र तिवारीलाई अवार्ड प्रदान गरेका हुन् ।