शनिवार , माघ ८, २०७८
भैरहवा, ८ माघ ।
रुपन्देही प्रहरीले ६ लाख बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र कार्यालयमातहत विभिन्न प्रहरी इकाईहरुले ६ लाख २६ हजार ८ सय ४० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेका हुन् । स्थानीयको रोहबरमा अवैध सामान बरामद गरी आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक भाष्कर चन्दले बताए ।
ईलाका प्रहरी कार्यालय मर्चवार तथा प्रहरी चौकी मुडिला, वडा प्रहरी कार्यालय भैरहवा, ईलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी शुक्रौली आमाबाट खटिएको टोलीले सम्मरीमाई गाउँपालिका–१ स्थित हडबडवा, सिद्धार्थनगर–८ स्थित रहमान चोक, रोहिणी गाउँपालिका–२ स्थित भन्सार चोक र लुम्बिनी सांस्कृतिक नगरपालिका–१ स्थित भगतपुरबाट अवैध सामान बरामद गरिएको चन्दले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बरामद गरिएका सामानहरुमा जेनेरेटर, काजु, चियापत्ति, चिनी, तन्ना, पर्दा लगायत छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij