
बिहिवार , आश्विन २९, २०७७
भैरहवा, २९ असोज ।
रुपन्देहीमा बिहीबार थप १५६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ५७ जना महिला र जना ९९ पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार बिहीबार बुटवल उपमहानगरपालिकाका ५५, सिद्धार्थनगर नगरपालिकाका ४३, तिलोत्तमाका २५, देवदहका ५, मायादेवीका ९, सैनामैनाका ४, ओमसतियाका २, सम्मरीमाईका ९, रोहिणी, शुद्धोधन, सियारी र कञ्चनका १/१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यो संगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार २ सय ६८ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।
जिल्लामा हालसम्म २ हजार ६ सय ९७ जना कोरोना संक्रमित निको भएका छन् । त्यस्तै रुपन्देहीमा १ हजार ५ सय २६ जना कोरोना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म ४५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij