२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

लायन्स भैरहवा डाईनमिक टिचर्सद्वारा बालगृहलाई स्वास्थ्य सामाग्री वितरण

बिहिवार , आश्विन २९, २०७७

भैरहवा, २९ असोज ।
लायन्स क्लब अफ भैरहवा डाईनमिक टिचर्सले लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहका बालबालिकाहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । क्लबले बालगृहकी सञ्चालक कृष्णमाया गुरुङलाई उक्त सामाग्री हस्तान्तरण गरेको हो ।

कोभिड–१९ लाई मध्यनजर गर्दै बालगृहलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको क्लबका अध्यक्ष बिना भण्डारीले बताइन् । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्रेटेजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले क्लबले आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिनुपर्ने बताए । 

कार्यक्रम संयोजक सुमित्रा पोख्रेलको स्वागत, संगिता गौतमको ध्वजा अभिवादन, प्रथम उपाध्यक्ष नारायणी नेपालको धन्यवाद ज्ञापन तथा सचिव शिला पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।