बिहिवार , माघ ६, २०७८
बुटवल, ६ माघ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले गुणस्तरीय नीतिलाई जोड दिएको छ । व्यवसायिक हकहितको संरक्षण र सम्बद्र्धन गर्दै स्थानीय आर्थिक तथा सामाजिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्य लिएको संघले उद्देश्य पूर्तिको लागि गुणस्तरीय नीतिलाई जोड दिइएको हो ।
संघले स्थापनाकालदेखि नै व्यवसायिक हकहित एवं सम्बद्र्धन तथा आर्थिक एवं सामाजिक क्षेत्रको बिकासमा योगदान पु¥याउँदै आएको र तीनै कामहरुलाई गुणस्तरीय रुपमा निरन्तरता दिन तथा सेवामा आवश्यकता अनुसार परिमार्जन तथा व्यवस्थित गरी कार्यान्वयन गर्नको लागि अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन प्रणालीमार्फत कार्यक्रम (क्रियाकलाप)हरु सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेको हो ।
संघले सोमबार र मंगलबार लुम्बिनीमा रणनीतिक एवं चेम्बर व्यवस्थापन कार्यशाला गोष्ठिको आयोजना गरी आगामी दुई वर्षको लागि लक्ष्य, रणनीति र कार्यक्रम निर्धारण गरेको हो । कार्यशाला गोष्ठीले आर्थिक रुपमा सवल, विश्वसनीय सेवा प्रदायक, सक्षम सचिवालय एवं दुरदर्शी सुशासनयुक्त प्रतिनिधिमुलक नेतृत्वदायी संघको रुपमा विकास गर्ने लक्ष्य तय गरिएको संघका महासचिव बिमलराज भट्टराईले जानकारी दिए ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा भएको कार्यशाला गोष्ठिले स्थानीय आर्थिक एवं व्यवसायिक क्षेत्रको विकासको लागि प्रत्येक वर्ष कम्तिमा एउटा औद्योगिक व्यापार मेला वा कुनै विशिष्टिकृत मेला सञ्चालन गर्ने, संघका सदस्यहरुको आवश्यकता बमोजिम सेवामा सुधार गर्दै सदस्यहरुको सन्तुष्टि वृद्धि गर्दै जाने र वार्षिक ५ प्रतिशतका दरले सदस्य संख्या वृद्धि गर्दै जाने लक्ष्य तय गरिएको छ ।
संघका कार्यरत कर्मचारीहरुको क्षमता तथा कार्यदक्षता अभिवृद्धिको लागि तालिम सञ्चालन गर्ने, उद्योगी र व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि निरन्तर क्रियाशील रहँदै वार्षिक रुपमा तालिम, गोष्ठीको आयोजना गर्ने र कार्यसमितिको व्यवसायिक क्षमता र दक्षता विकासका लागि वार्षिक रुपमा न्यूनतम एउटा अध्ययन अवलोकन भ्रमणको आयोजना गर्ने गरी गुणस्तरीय नीति अख्तियार गरेको हो । त्यसै गरी उद्योगी, व्यापारी वर्गमा एकता, मैत्रीपूर्ण, सद्भावनाको वातावरण सिर्जना गर्ने/गराउने तथा उद्योग वाणिज्य क्षेत्रको हित संरक्षण र सम्वद्र्धन गर्ने÷गराउने उद्देश्यले लिइएको महासचिव भट्टराईले बताए ।
रणनीतिक एवं चेम्बर व्यवस्थापन कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनीमा लगानीको सम्भावना प्रशस्त रहेको बताउँदै सामुहिक लागानीको वातावरण बनाउन आग्रह गरे । उनले बुटवल उद्योग वाणिज्य संघलाई आवश्यक सहयोगको लागि आफू सधै सकारात्मक र प्रतिवद्ध रहेको बताए । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले सिंगो लुम्बिनी प्रदेशमा लगानीका सम्भावनाहरु प्रशस्त भए पनि वातावरण बन्न नसकेको बताए ।
कार्यक्रममा स्वागत गर्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघको स्थापनाकालदेखि हालसम्म संघले आर्थिक तथा सामाजिक विकासमा गरेको योगदानको चर्चा गरे । उनले यस क्षेत्रमा लगानीका सम्भावनाहरु भएपनि त्यसअनुसारको वातावरण अझै तयार नभइसकेको त्यसका लागि आफूहरुका पहल र पैरवी जारी रहेको जानकारी दिए । लुम्बिनी नामैले पनि पर्यटन उद्योगको लागि राम्रो सम्भावना रहेको र पर्यटकीय गन्तव्यको विकास, प्रचार–प्रसार तथा प्रवद्र्धन गर्न सके मात्रै त्यससंग जोडिएको पर्यटन उद्योग फस्टाउन सक्ने बताउँदै उनले त्यसमा सबैको साथ र सहयोग हुनुपर्ने भनाइ राखे ।
दुई दिनसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रशिक्षक बिनय महर्जन थिए भने संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु, सल्लाहकारहरु र सचिवालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij