
बिहिवार , माघ ६, २०७८
भैरहवा, ६ माघ ।
माइती नेपाल भैरहवा आवधिक गृहले एक वर्षमा २५१ जनालाई सीमा नाका बेलहियाबाट उद्दार (फिर्ता) ल्याएको छ । भारतबाट मात्रै पनि माइती नेपालले पाँच जनालाई फिर्ता ल्याएको जनाएको छ । परिवारसंगको विभेद, आर्थिक कारण तथा देह व्यापारकै लागि पनि मानव बेचबिखन तथा ओसार सार हुने गरेको बैठकमा औल्याइएको थियो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बुधबार बसेको मानव बेचविखन तथा ओसार पसार नियन्त्रण जिल्ला समिति रुपन्देहीको बैठकले एक वर्ष गरेका क्रियाकलाप र कामको बारेमा जानकारी गराएको थियो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको बैठकमा माइती नेपाल भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले वार्षिक गतिविधि प्रस्तुत गरेकी थिइन् ।
बैठकमा जिल्ला न्यायधिवक्ता देवेन्द्रराज आचार्य, प्रहरी उपरीक्षक मनोज कुमार केसी, सशस्त्र प्रहरी नायब उपरीक्षक निरंकारनाथ शुक्ला, जिल्ला समन्वय अधिकारी धर्मा अर्याल बेलबासे, सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, सिद्धार्थ सामुदायिक समाजका अध्यक्ष समिता मल्ल, जिल्ला प्रशासन कार्यालयका नासु बालकृष्ण आचार्य, नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यसमिति सदस्य शंकर प्रसाद पाण्डे लगायतले बैठकमा आ–आफना भनाइहरु राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij