२०८२, आश्विन ७ गते

Sep 23 2025 | २०८२, आश्विन ७ गते

बुटवलमा आगो तापिरहेको अवस्थामा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु

बुधवार , माघ ५, २०७८

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • बुटवल, ५ माघ । रुपन्देहीको बुटवल उपमहानगरमा तिनाउ नदी किनारमा आगो ताप्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु भएको छ ।

    बुधबार साँझ बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा साँझ तिनाउ नदी किनारमा आगो ताप्ने क्रममा एक्कासी माटोको ढिस्को खसेपछि ढिस्कोसँगै खसेका पाँच जना घाइते भएका थिए ।

    घाइतेमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठग बहादुर के.सी. ले जानकारी दिए । मृत्यु हुनेमा ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापा रहेका छन् । 

    नदी किनारमा आगो तापिरहेका २३ वर्षीय केशव पुरी, ३२ वर्षीय अशोक गाहा र ३३ वर्षका सलिम अली घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।