२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

रोटर्‍याक्ट क्लब अफ भैरहवाद्वारा पानी टंकी हस्तान्तरण

बिहिवार , आश्विन २९, २०७७

भैरहवा, २९ असोज । 
सामाजिक क्षेत्रमा क्रियाशिल रोटर्‍याक्ट क्लब अफ भैरहवाले सिद्धार्थनगर नगरपालिका–८ स्थित मायादेवी फलफूल तथा तरकारी बजारलाई बिहीबार हात धुने पानी टंकी हस्तान्तरण गरेको छ । क्लबले बजार समितिका अध्यक्ष दिपक सहानी र ठेकेदार मुस्तफा साहलाई पानी टंकी हस्तान्तरण गरेको हो ।

हात धुने दिवसको अवसर पारेर विश्व्यापी महामारीको रुपमा फैलिएको कारोना भाइरसबाट बच्न बजार क्षेत्रमा हात धुने पानी टंकी जडान गरिएको क्लबका वर्ष २०२०/२१ का अध्यक्ष सरिता रानाले बताइन् । उनले यस अघि सडकमा राखिएका बैरियर्समा कोभिड–१९ विरुद्ध जनचेतनामूलक व्यानर टांसिएको रानाले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य तथा नगरपालिकाका न्यायिक समिति सदस्य उमेश थापा मगरले क्लबले सराहनीय कार्य गरेको बताए । उनले आगामी दिनमा पनि कोभिड–१९ का विरुद्धका कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गरे । क्लबका सचिव करिम खानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।