
मंगलवार , माघ ४, २०७८
काठमाडौं, ४ माघ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार पीसीआर परीक्षणको क्रममा उनलाई संक्रमण पुष्टि भएको उनका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले बालुवाटारस्थित सरकारी निवासमा स्वास्थ्य लाभ गरिरहेका छन् । रुघाखोकी जस्ता समस्या आएपछि उनी स्वास्थ्यकर्मीको सल्लाह अनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै केही दिन निवासमै आइसोलेशनमा रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij