
मंगलवार , माघ ४, २०७८
भैरहवा, ४ माघ ।
तराईमा बढिरहेको चिसो र शितलहरलाई मध्यनजर गर्दै श्री सत्य साई केन्द्र मेउडिहवाले कम्बल वितरण गरेको छ । भैरहवाका बैंककलोनी, मिलनचोक, बुद्धचोक, देवकोटाचोक, बसपार्क, आँखा अस्पताल र युनिभर्सल मेडिकल कलेजमा सडकपेटीमा रहेका व्यक्तिहरुलाई केन्द्रले कम्बल वितरण गरेको हो । कार्यक्रममा १ सय वटा कम्बल वितरण गरिएको केन्द्रका उपाध्यक्ष योगेश गौतमले बताए ।
केन्द्रका शिक्षा संयोजक कमल श्रेष्ठले आगामी दिनहरुमा पनि यस्तै सामाजिक काममा युवाहरुको भूमिका निरन्तर रहने बताए । उनले मानव सेवा नै माधव सेवा हो भन्ने कुरालाई आत्मसात गर्दै अगाडी बढेको बताए ।
बालबालिकालाई आध्यात्मिक शिक्षा दिन सकियो भने मात्र बालबालिका सही बाटोमा लाग्नेछन् भन्दै आफनो कार्य निरन्तर रहने केन्द्रका अध्यक्ष चन्द्रिमा लामाले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij