२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

स्थापना दिवसको अवसरमा लायन्स सिद्धार्थनगर लोटसद्वारा क्यान्सरपीडितलाई सहयोग

मंगलवार , माघ ४, २०७८

भैरहवा, ४ माघ ।
लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले चौथो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । क्लबले सोमबार भैरहवामा आयोजना गरेको चार्टर नाइट तथा अवार्ड सेरोमोनीमा सिद्धार्थनगर नगरपालिका–९ निवासी क्यान्सरपीडित ममता मल्लाहलाई आर्थिक सहयोग गरेको छ । उपचारमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले पीडितलाई २५ हजार रुपैयाँ प्रदान गरिएको क्लबका अध्यक्ष मञ्जु खरेलले बताइन् ।

त्यस्तै कार्यक्रममा क्लबका गतिविधिहरुबारे सञ्चार माध्यममार्फत समाचार सम्प्रेषण गरी लायन्सको अभियानमा सहयोग पुर्याएको भन्दै पत्रकारद्वय मनोरञ्जन शर्मा र रबिन्द्र प्रताप गुप्तालाई नगदसहित सम्मान गरिएको थियो । त्यसै गरी कार्यक्रममा क्लबका संस्थापक सदस्य सदस्यहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी नेपालका सेकेण्ड भाइस गभर्नर नवराज न्यौपानेले लायन्स सिद्धार्थनगर लोटसले राम्रो कार्य गर्दै आएको बताए । उनले सिद्धार्थ बाल गृहको भवन बनाउनका लागि यस क्षेत्रका लायन्स क्लबले सहयोग गर्नुपर्ने बताए । न्यौपानेले भने, ‘जीवन सार्थक बनाउन लायन्सले सहयोग गर्छ ।’

विशिष्ट अतिथि डिष्ट्रिक एक्जुकेटिभ चिफ महेशचन्द थापाले भैरहवा क्षेत्रमा रहेका ३० वटा लायन्स क्लब अझ क्रियाशिल भइ सामाजिक कार्यमा जुट्नुपर्ने बताए ।

त्यस्तै को–चिफ एडभाइजर ओम कुमार श्रेष्ठ, डिष्ट्रिक डेपुटी चिफ विजय पाण्डे, एओजी अमृत थापा, रिजन चेयरपर्सन ओम जेसी, डिष्ट्रिक प्रोग्राम मेम्बर तथा सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष नेत्र प्रसाद आचार्य, लायन्स क्लब अफ सिद्धार्थनगरका कार्यवाहक अध्यक्ष चन्द्र बहादुर थापा, लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथका अध्यक्ष तनु शर्मा कसौधन, लायन्स क्लब अफ सिद्धार्थनगर लोटसका संस्थापक अध्यक्ष अनिता थापा, क्लबका निवर्तमान अध्यक्ष दुर्गा आचार्य लगायतले बोल्दै लायन्स सिद्धार्थनगर लोटसले आगामी दिनमा पनि रचनात्मक कार्यहरुलाई जोड दिनुपर्ने बताए ।

271645724_453646153165769_1510982338496276388_n.jpg

लायन्स क्लब अफ सिद्धार्थनगर लोटसका अध्यक्ष मन्जु खरेलको अध्यक्षता, क्लबका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक ललिता बक्षारको स्वागत, तृतीय उपाध्यक्ष पार्वती अधिकारीको ध्वजा अभिवादन तथा सचिव सरिता आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।