२०८३, बैशाख ३ गते

Apr 16 2026 | २०८३, बैशाख ३ गते

चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोनाको खोप

आइतवार , माघ २, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  •  
     
    बेइजिङ २ माघ। करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन्। यहाँका स्वस्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएका छन्।
     
    शुक्रबारसम्मको तथ्यांकमा यहाँका १ अर्ब २६ करोड नागरिकले खोप लगाएको जानकारी दिइएको छ। यो संख्या चीनको जनसंख्याका करिब ९० प्रतिशत हुन आउँछ। शनिबार दिइएको जानकारीमा तीमध्ये १ अर्ब २२ करोडले यो खोपको पूरा मात्रा लगाएका छन्।
     
    सो कुराको जानकारी चीनको नेशनल हेल्थ कमिसनका अधिकारी हि क्विनगुले दिए। शनिबार पत्रकार सम्मेलनमा उनले चीनमा नागरिकलाई कोरोना विरुद्धको खोप दिने क्रम जारी रहेको र शुक्रबारसम्म ९० प्रतिशतले खोप लिइसकेको बताए। 
     
    पत्रकार सम्मेलनमा उनले बाँकी रहेका चिनियाँ नागरिकलाई पनि खोप लिन आग्रह गरे। साे अवसरमा उनले अनिवार्य रुपमा मास्क लगाउन, सामाजिक दुरी कायम गर्न तथा कोठाभित्र बस्दा भेन्टिलेसन भएका कोठामा बस्न पनि आग्रह गरेका छन्।
     
    चीनमा पनि पछिल्ला केही समयमा कोरोनाका सङ्क्रमितहरु देखिन थालेका छन्। ती सङ्क्रमितहरुको पहिचान गरेर चीनका अधिकारीहरुले स्वास्थ्य सतर्कताका मापदण्डहरु अपनाउन आग्रह गरिरहेका छन् । रासस