images

शनिवार, बैशाख ८ गते २०८१

रोहिणीमा २४ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

रोहिणीमा २४ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

images
images
images
आइतवार, माघ २ २०७८
आइतवार, माघ २ २०७८
  • रोहिणीमा २४ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइयो

    भैरहवा, २ माघ । 
    रुपन्देहीको रोहिणी गाउँपालिकाले २४ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाएको छ । आइतबार धकधईमा एक कार्यक्रमकाबीच गाउँपालिकाले राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाएको हो । दिवसको मुख्य नारा ‘भुकम्पीय सचेतना, सुरक्षित संरचना’ अन्तर्गत गाउँपालिकाको नारा ‘भूकम्पीय सुरक्षाको बलियो आधार, भुइचालो थेग्ने घर र भौतिक पूर्वाधार’ तोकिएको छ ।

    images
    images
    images

    भूकम्पले नेपालमा ठूलो धनजनको क्षति गरेकोले अबको दिनमा भूकम्पसम्बन्धी सचेतना फैलाउनुपर्ने र पूर्वाधारहरु निर्माण गर्दा भूकम्प प्रतिरोधी बनाउनुपर्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए ।

    रोहिणी गाउँपालिकाका इञ्जिनियर विशाल क्षेत्रीले घर बनाउदा जगैदेखि बलियो बनाउनुपर्ने बताए । यसको साथै घर एवं अन्य पूर्वाधार निर्माण गर्दा गाउँपालिकाले निर्दिष्ट गरेको मापदण्डहरु अपनाउन आग्रह गरे । यसका साथै भूकम्पीय अभ्यासको, पुर्व तयारी लगायतका विषयमा क्षेत्रीले जानकारी दिएका थिए ।

    त्यस्तै रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले नेपालमा प्रत्येक वर्ष माघ महिनाको २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने गरिएको बताए । वि.सं १९९० माघ २ गते नेपालमा आएको महाभूकम्पको सम्झनामा वि.सं २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको न्यौपानेले जनाए । उनले भूकम्पले नेपालमा पारेको असरबारे जानकारी गराउँदै यसबाट जोगिन आगामी दिनमा भूकम्पीय सचेतना मुख्य आधार भएको बताए । यसको साथै गाउँपालिकाले भवन निर्माणसम्बन्धी मापदण्ड लागू गरी अनिवार्य नक्सा पास गर्ने नीति लिएकोले यसलाइ पालन गरे कम्पीय जोखिमबाट धेरै हदसम्म जोगिन सक्ने बताए ।

    दिवसको अवसरमा गाउपालिकाले रोहिणीको केन्द्र धकधईमा विभिन्न सचेतनामूलक व्यानरसहित र्यालीनिकालेको थियो । ‘सिकौ अनि सिकाउ भूकम्प प्रतिरोधी संरचनाको ज्ञान’,‘भुकम्पबाट सुरक्षित पुर्वाधार, दिगो सुख र समृद्धिको आधार’ लगायतका प्लेकार्ड बोकी गाउँपालिकाका कर्मचारी एवं जनप्रतिनिधिले बजार परिक्रमा गरेका थिए ।

    कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले जीवनभरको कमाइमा घर बनाउँदा प्राविधिकले दिएको सुझाव अनुसार बनाउन आग्रह गरे । उनले ग्रामीण क्षेत्रमा अझै पनि मापदण्ड बमोजिम घर बनाए धेरै लगानी लाग्ने भ्रम रहेको बताउँदै यसलाई चिर्न गाउँपालिकाका कर्मचारीदेखि जनप्रतिनिधिहरुले सचेतनामूलक कार्यमा भूमिका खेल्नुपर्ने औल्याए ।  

    गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष शिवकान्ति चमार, लेखा अधिकृत कृष्ण प्रसाद ज्ञवाली, शाखा अधिकृत कर्ण कुमार क्षेत्री, शिक्षा शाखा प्रमुख मधु घिमिरे लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्रले गरेका थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij