२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

अफगानस्तानलाई नेपाल सरकारले पठायो सहयोग सामाग्री 

आइतवार , माघ २, २०७८

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाण्डौं। नेपाल सरकारले ठूलो मानवीय संकटको सामना गरिरहेको अफगानिस्तानलाई सहयोग सामग्री पठाएको छ। 

    आइतबार परराष्ट्र मन्त्रालयको नेतृत्वमा मानवीय सहायता सामग्रीसहितको हिमालयन एयरलाइन्सको जहाज काबुल पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

    काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले सहायता सामग्री मन्त्रालयकी सहसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्ने जानकारी दिए। 

    मन्त्री खड्काका अनुसार संयुक्त राष्ट्रसंघले उपलब्ध गराएको सूची अनुसार सहायता सामग्रीमा औषधि, लत्ता कपडा र घरयासी सामग्री भाडाकूडाँसहित १४ टनको सामग्री लिएर नेपाली टोली जहाजमा अफगानिस्तानको काबुल गएको हो। मन्त्री खड्काले नेपालको इतिहासमा पहिलो पटक आफ्नै प्रयासमा सरकारलाई कुनै दायित्व नपर्ने गरी सबै सामग्रीहरु व्यवसायीहरुले निःशुल्क रुपमा उपलब्ध गराएको जानकारी दिए। 

    गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा विश्वकै सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न भएको छ। तालिबान सत्तामा आएसँगै अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको हो।