२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

४,६३६ संक्रमित थपिए

शनिवार , माघ १, २०७८

काठमाडौं, १ माघ ।
पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १४ हजार ५५६ परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय ८४ पुगेको छ ।

पछिल्लो समय थप ३५० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८ लाख १६ हजार तीन पुगेको छ । संक्रमणमुक्त हुनेदर ९६.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । विगत २४ घण्टामा चार जनाको संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म ११ हजार ६ सय १७ जनाको संक्रमणका कारण मृत्यु भइसकेकोे छ । 

मन्त्रालयका अनुसार ५ सय भन्दा बढी संक्रमित भएका जिल्ला मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, चितवन, भक्तपुर, कास्की र कैलाली रहेका छन् । यस्तै २ सय भन्दा बढी संक्रमित भएका जिल्लामा झापा, धनुषा, मकवानपुर, काभ्रे, नवलपरासी पूर्व, बाँके र रुपन्देही रहेका छन् । नेपालमा संक्रमणदर १७ प्रतिशत रहेको छ । 

हाल होम आइसोलेशनमा २० हजार ५ सय ३६, संस्थागत आइसोलेशनमा १ हजार ४८, आइसीयूमा ११९ र भेन्टिलेटरमा २६ जनाको उपचार भइरहेको छ । 

चार लाख बढीले लगाए खोप 
विगत २४ घण्टामा ४ लाख ३५ हजार १९३ जनाले खोप लगाएका छन् । हालसम्म पहिलो मात्रा १ करोड ५८ लाख १४ हजार ३८३ र पूर्ण मात्रा १ करोड २० लाख ९९ हजार ८०५ जनाले लगाइसकेका छन् । रासस