images

मंगलवार, बैशाख ११ गते २०८१

‘सिद्धार्थ साहित्य परिषद खुल्ला विश्वविद्यालय’ 

‘सिद्धार्थ साहित्य परिषद खुल्ला विश्वविद्यालय’ 

images
images
images
शनिवार, माघ १ २०७८
शनिवार, माघ १ २०७८
  • ‘सिद्धार्थ साहित्य परिषद खुल्ला विश्वविद्यालय’ 

    भैरहवा, १ माघ । 
    सिद्धार्थ साहित्य परिषद खुल्ला विश्वविद्यालय भएको साहित्यकार शशि पन्थीले बताएका छन् । सिद्धार्थ साहित्य परिषदको २ सय ५४ औं नियमित मासिक साहित्यिक संगममा बोल्दै प्रमुख अतिथि सिर्जनशील साहित्यिक समाज (सिसास) का अध्यक्ष शशि पन्थीले सिद्धार्थ साहित्य परिषदले साहित्यकार, कवि, लेखक, समीक्षक जन्माएर खुल्ला विश्वविद्यालयको काम गरेको बताए । 

    images

    २०३८ सालमा स्थापित परिषदको माध्यमबाट धेरै सर्जक, लेखक, समीक्षक भए सयौँ पुरस्कृत तथा सम्मानीत भए यो संस्था एउटा खुल्ला विश्वविद्यालय भएको उनले बताए । पन्थीले भने, यो ज्ञानका लागि, ‘साहित्यका लागि यस क्षेत्रकै अग्रणी संस्था हो, परिषदको विषयमा शिक्षक/विद्यार्थीहरूले सोध, खोज तथा अनुसन्धान गरिरहेका छन् । ’ 

    सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धार्थ साहित्य परिषदका उपाध्यक्ष विजय पाण्डेले साहित्य समाजको ऐना भएको बताउँदै साहित्यको महत्व धेरै भएको बताए । 

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित सिद्धार्थ साहित्य परिषदको भवनमा भएको  २ सय ५४ औँ मासिक साहित्यिक संगममा साहित्यकारहरु कमल पोख्रेल, लक्ष्मीप्रसाद अधिकारी, राधा भट्टराई, गंगा घिमिरे, बासुदेव पोख्रेल, माया गौतम लगायतले गीत, कविता र कथा वाचन गरेका थिए । परिषदका सचिव लक्ष्मीप्रसाद अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij