images

शुक्रवार, बैशाख ७ गते २०८१

रानीमहल संग्रहालयमा परिणत

रानीमहल संग्रहालयमा परिणत

images
images
images
शनिवार, माघ १ २०७८
शनिवार, माघ १ २०७८
  • रानीमहल संग्रहालयमा परिणत

    रामपुर (पाल्पा), १ माघ ।
    नेपालकै ताजमहलका रुपमा चिनिएको पाल्पाको रानीमहल दरबार संग्रहालयका रुपमा विकसित गरिएको छ । खड्ग शम्शेरले निर्माण गरेका सो दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शंख, शालिग्राम जस्ता सामग्री राखिएको छ । 

    images
    images
    images

    तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा सरसफाइ, खानेपानी, विद्युत्, इन्टरनेट क्यामेरा लगायतका सामग्रीको व्यवस्थापन भएको बताए ।

    रु. १५ लाखबाट थालनी भएको काम हाल करिब रु ३५ देखि ४० लाख खर्च भइसकेको बताउँदै नगरप्रमुख शाहीले सो रकमले नपुग्ने हुँदा बजेट बढाउँदै जाने बताए । उनले रानीमहलको सम्पूर्ण विकास गर्न अनुमानित रु १० करोडभन्दा बढी बजेट आवश्यक पर्ने हुँदा त्यसलाई क्रमश : बजेट व्यवस्थापन गरेर विकास गर्दै जाने बताउँछन् ।

    नगरपालिकाका अधिकृत शंकर भण्डारीले करिब दुई महिनाको निरन्तर मिहिनेतले दरबारलाई संग्रहालयको रुपमा विकास गर्न सकिएको बताए । उनले हराएका पुरातात्विक सामग्री १६६ थान फिर्ता ल्याई संग्रहालयमा राखिएको बताए ।

    वि.सं १९५० मा पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शम्शेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा रानीमहल निर्माण गरेका थिए । वि.सं १९५० मा शिलान्यास गरी १९५४ मा कालीगण्डकीको चट्टानमाथि पश्चिमी कला कौशलको बेजोड नमूनाले सिँगारेर महल बनाइएको छ । 

    वि.सं १९६० मा खड्ग शम्शेरले श्री ३ को पद र उपत्यका कब्जा गर्ने षड्यन्त्र गरे भन्ने श्री ३ चन्द्र शम्शेरले थाहा पाए । चन्द्र शम्शेरले पाल्पामा सेना पठाई तैनाथी आफ्नो हातमा लिए । आफूमाथि खतराको घण्टी बज्ने लक्षण देखा परेपछि सरकारी ढुकुटी लिएर उनी भारत पलायन भए भन्ने ऐतिहासिक कथन छ ।

    तानसेन नगरपालिकाको बौघागुम्हा र बगनासकाली गाउँपालिकाको खानीगाउँ गाउँको बीचमा अवस्थित रहेको रानीमहल युवा पुस्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । धार्मिक र पर्यटकीय रुपले अति महत्वपूर्ण रानीमहल पाल्पाको सदरमुकाम तानसेनदेखि १३ किलोमिटरको दूरीमा अवस्थित छ । रासस 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij