images

शुक्रवार, बैशाख १४ गते २०८१

बुद्ध सामुदायिक सेवा समाजद्वारा बालगृहलाई खाद्यान्न वितरण

बुद्ध सामुदायिक सेवा समाजद्वारा बालगृहलाई खाद्यान्न वितरण

images
images
images
शनिवार, माघ १ २०७८
शनिवार, माघ १ २०७८
  • बुद्ध सामुदायिक सेवा समाजद्वारा बालगृहलाई खाद्यान्न वितरण

    भैरहवा, १ माघ । 
    बुद्ध सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी सेवा केन्द्र सि.न.पा.–४, ६, १० र ११ ले शनिबार लुम्बिनीरोडस्थित सिद्धार्थ बालगृहलाई खाद्यान्न वितरण गरेको छ ।

    images

    माघे संक्रान्तिको अवसर पारेर चामल, आलु, प्याज, तेल, आटा लगायत गरी ४० हजार मूल्य बराबरको खाद्यान्न सामग्री वितरण गरिएको कार्यक्रम संयोजक श्रीचन्द जयसवालले बताए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार के.सी.ले समाजसंग मिलेर यस्तै खालका कार्यहरु गर्नुपर्ने बताए । उनले समाजलाई अझ विकास गर्न र राम्रो खालको वातावरण निर्माण गर्न यस्तै कार्यक्रमहरु गर्नुपर्ने बताए । 

    बुद्ध सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले आगामी दिनमा पनि बालगृहसंग सहकार्य गर्दै आवश्यकता अनुसार सहयोग गर्ने बताए । उनले विगतका वर्षहरुमा सामुदायिक सेवा समाजले माघे संक्रान्तिको अवसरमा कम्बल वितरण गर्दै आएको र यस वर्ष बालगृहमा खाद्यान्न वितरण गरेको बताए ।

    बालगृहकी सञ्चालक कृष्णमाया गुरुङले विभिन्न आरोह अवरोहकाबीच बालगृह सञ्चालन हुँदै आएको बताइन् ।

    बुद्ध सामुदायिक सेवा समाजका अध्यक्ष नरेन्द्र प्रसाद रौनियारको अध्यक्षता, कार्यक्रम संयोजक श्रीचन्द जयसवालको स्वागत तथा सचिव श्रीराम गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij