२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा अन्तरक्रियात्मक कार्यक्रम 

बुधवार , आश्विन २८, २०७७

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, २८ असोज ।
    अभियन्ता किशोरीहरुको आयोजना, सिद्धार्थ सामुदायिक समाज र केयर नेपालको साझेदारीमा किशोरीहरुले अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा अन्तरक्रियात्मक कार्यक्रम ‘छोरा सरह छोरीले पनि समानअधिकार पाउनुपर्छ बालिका तथा किशोरीको क्षमताको पनि मुल्यांकन हुनुपर्र्छ’ नारासहित साप्ताहिक रुपमा सम्पन्न भएको छ । 

    समुदायस्तरमा किशोरीको गतिशिलता, कार्यबोझ, किशोरी र किशोरमा विभेद, शिक्षा, बालविवाह सम्बन्धि सर्भे गरेर त्यसको नतिजा शेयरिङ तथा अन्तरक्रिया गरी कार्यक्रम अगाडि बढाएका थिए ।

    रुपन्देहीको ३९७ जना किशोरीबाट ४५ जना किशोरी अभियन्ताको रुपमा छनौट भई जसको समस्या उसैको नेतृत्व भनि किशोरी समुहबाट अभियन्ता बनेर नेतृत्व लिएर कार्य भएको छ । अभियन्ता किशोरीहरुले किशोरीको मुख्य मुद्या गतिशिलता हो भनेर पहिचान गरेका छन् । र यस अभियान सञ्चालनको लागि ‘गतिशिलतालाई बढाउँ, किशोरीलाई जागरुक गराउँ’ नारा रहेको छ । 

    गतिशिलताको रोकले किशोरीहरु पछाडि परिएको, विभिन्न अवसरबाट वञ्चित, बालविवाह, नियन्त्रण, विभेद, किशोरीको सपनालाई महत्व नदिनु जस्तो कुराले आफुहरु सधै पछाडि परिएको निष्कर्ष निकालिएको थियो । 

    किशोरीहरुले ९१२ घरधुरीमा सर्भे गरेर विभिन्न ठाउँमा आएको नतिजाहरुमा छलफल गरेका थिए । रुपन्देहीको मायादेवी–३, तिलोत्तमा–१३, लुम्बिनी सांस्कृतिक–१२, शुद्धोधन–७, सियारी–६ मा भएको कार्यक्रममा किशोरी, किशोर अभिभावक, वडाअध्यक्ष, शिक्षक, धर्मगुरु, स्वास्थ्य संस्थाका कर्मचारी लगायतको सहभागिता समेत रहेको थियो ।