२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

रुपन्देहीमा चिनीसहित १० लाख बढीको अवैध सामान बरामद

शनिवार , माघ १, २०७८

भैरहवा, १ माघ ।
रुपन्देही प्रहरीले चिनीसहित १० लाख बढीको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले शुक्रबार १० लाख २४ हजार मूल्य बराबरको सामान बरामद गरेको हो ।

तिलोत्तमा नगरपालिका–१४ स्थित शिवपुरमा देवदह नगरपालिका–४ का २१ वर्षिय अनिल नेपालीले चलाएको लु १ च ५०१० नम्बरको पीकअप जीपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा चिनी ३१ बोरा र पीकअप बरामद गरिएको प्रहरीले जनाएको छ । 

स्थानीयको रोहबरमा बरामद गरिएको चिनी र पीकअप आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए ।