२०८३, आश्विन १२ गते

Sep 28 2026 | २०८३, आश्विन १२ गते

काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मामाथी कालोमोसो

शुक्रवार , पौष ३०, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • काठमाण्डाै। विभिन्न विद्यार्थी संगठनमा आबद्द विद्यार्थीहरुले काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई कालोमोसो दलेका छन् ।

    शिक्षा मन्त्रालयमा शुक्रबार भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै सोही कलेजमा अध्ययनरत विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन्।

    पाँच जनाको समूहमा रहेका विद्यार्थीले ‘नमस्कार सर’ भनेर शर्मालाई सम्बोधन गरेका थिए। शर्माले नमस्कार समेत फर्काउन नपाउँदै विद्यार्थीले कालोमोसो दलेका हुन्।

    कालोमोसोले पोतिएका शर्मा मन्त्रालयमा मुख धोइ गाडी चढेर सिंहदरबारबाट निस्किएका थिए। कालोमोसो दल्ने पाँच जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूले आयोगले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विरोध गर्दै आइरहेका छन्।