२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

कर्मचारी युनियनको महासचिवमा भण्डारीको तयारी

शुक्रवार , पौष ३०, २०७८

भैरहवा। नेपाली काङ्ग्रेसको सुभेक्षुक संस्था नेपाल निजामती कर्मचारी युनियनको अधिवेशनले यतिवेला देशैभरी रौनक छाएको छ।

७७ जिल्ला र ४८ विभागीय अधिवेशन सम्पन्न गरेको युनियनले यहि माघ ८ देखि १० गते सम्म काठमाण्डौमा सम्पन्न गर्ने गरी आफ्नो महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी तयारी तिव्र पारेको छ।

महाधिवेशन नजिकिदै गर्दा कर्मचारी नेताहरु देश दौडाहमा लागेका छन। यतिवेला कर्मचारी नेताहरुले उमेद्वारी घोषणा गर्ने र मत माग्दै जिल्ला दौडाहमा रहेका छन।

नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव गणेश भण्डारीले जिल्ला दौडाहलाइ तिव्र पारेका छन सुदूर पश्चिम, कर्णाली, र लुम्विनीका सवै जिल्ला भ्रमण गरीसकेका भण्डारी पूर्वको यात्रामा रहेका छन। भण्डारी नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय महासचिव पदमा उमेद्वारी घोषणा गर्ने तयारीमा रहेका छन।

प्रेस युनियन अर्घाखाँचीको सचिववाट राजनैतिक यात्रा शुरु गरेका भण्डारी नेपाल विद्यार्थी संघ अर्घाखाँचीका सभापति, त्यस्तै नेपाल निजामती कर्मचारी युनियनको दुईकार्यकाल केन्द्रीय सदस्य र एकपटक केन्द्रीय सचिव भइ काम गरीसकेका छन। कर्मचारी माझ निकै लोकप्रीय भण्डारी कुशल संगठक र हकि स्वाभावका व्यक्ति मानिन्छन। भण्डारी सँग सम्पर्क गरी तपाइको महासचिवमा उमेद्वारी हो भनी प्रश्न गर्दा उनी भन्छन तीन कार्यकाल केन्द्रमा वसी काम गरेको अनुभव रहेको छ।

देशभरीका साथीहरुको सुझाव ग्रहण गर्दै छु । साथीहरु महासचिवको उमेदवार बन्नु पर्छ भन्नु भएको छ। महासचिवमा मेरो उमेदवारी स्वाभाविकै हो तर केन्द्रमा रहेका सम्पूर्ण अग्रजहरु ७७ जिल्लाका महाधिवेशन प्रतिनिधि र ४८ विभागीय महाधिवेशन प्रतिनिधिसँग समन्वय गरेर उमेद्वारी घोषणा गर्ने तयारी रहेको भण्डारीले वताएका छन।