२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

माघे संक्रान्तिको अवसरमा माघ २ गतेपनि लुम्बिनीमा सार्वजनिक विदा 

शुक्रवार , पौष ३०, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • बुटवल । माघे संक्रान्तिको अवसरमा लुम्बिनी प्रदेश सरकारले माघ २ गते सार्वजनिक बिदा दिएको छ ।

    लुम्बिनी प्रदेश सरकारको २०७७ चैत १३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार माघ २ गते आइतबारका दिन माघीर माघे संक्रान्तिको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा रहेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले बिज्ञप्ती जारी गर्दै जनाएको हो।

    लुम्बिनी प्रदेश सरकारले थप बिदा आवश्यकता अनुसार प्रदेशभर र कुनै क्षेत्र भेग अनुसार दिने ६ वटा बिदा दिन पाउने निर्णय अनुसार माघ २ गते बिदा दिइएको मन्त्रालयका शाखा अधिकृत देबिराम पाठक बताउछन।

    माघ १ गते केन्द्र सरकारले नै बिदा दिएको तथा शनिबार समेत परेकोले थप विदा दिनुपर्ने निर्णय अनुसार माघ २ गते पनि बिदा दिइएको उनले जानकारी दिए।

    लुम्बिनीका तराईका जिल्लाहरुमा थारु समुदायको बस्ती रहेको छ । विशेषगरि नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाके र बर्दियामा रहेका थारु समुदायले माघी पर्व ५ दिनसम्म मनाउछन ।