२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

जिपी कोइराला स्मृति पत्रकारिता पुरस्कार २०७७ नेपाललाई

बिहिवार , पौष २९, २०७८

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • बुटवल, २९ पुस । 
    नेपाल प्रेस युनियन रुपन्देहीले प्रदान गर्दै आएको जिपी कोइराला स्मृति पत्रकारिता पुरस्कार पत्रकार माधव नेपाललाई प्रदान गर्ने भएको छ । युनियनले आफ्ना सल्लाहकार तथा संस्थापक सचिव, पूर्व केन्द्रिय सदस्य, बिबिसी नेपाली सेवामा कार्यरत नेपाललाई जिपी कोईराला स्मृति पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृत गर्ने भएको हो । 

    युनियनको बिहीबार बसेको नियमित बैठकले नेपाललाई पुरस्कृत गर्ने निर्णय गरेको सभापति रेखा भुसालले जानकारी दिए । तीन दशकदेखि निरन्तर पत्रकारिता गर्दै आएका नेपाललाई युनियनले २५ हजार नगद राशीसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । 

    पत्रकारिता पुरस्कार छनोट समितिले नेपालको नाम प्रस्ताव गरेको र बिहीबारको नियमित बैठकले उक्त प्रस्तावलाई पारित गरी पुरस्कृत गर्ने निर्णय गरेको भुसालले जानकारी दिए । पुरस्कार छनोट समितिमा युनियनका पूर्व सभापति तथा सल्लाहकार खिमानन्द भट्टराई संयोजक तथा पूर्व सभापति तथा सल्लाहकार हरिश ढकाल र सभापति रेखा भुसाल सदस्य थिए ।

    युनियनले एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गर्ने जनाएको छ । पत्रकार नेपाल बुटवल एफएम र तिलोत्तमा राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक समेत हुन् । यसैबीच पुरस्कार वितरण कार्यक्रम सम्पन्न गर्न प्रेस युनियन रुपन्देहीका उपसभापति दिपक घिमिरेलाई संयोजकको जिम्मेवारी दिएको छ । यस्तै सदस्यता नविकरण तथा विस्तारका लागि उपसभापति कविन्द्र नेपालको संयोजकत्वमा पाँच सदस्यीय समिति समेत बनाइएको छ ।