२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

सिंहदरबार प्रवेशमा कडाइ

बिहिवार , पौष २९, २०७८

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौँ। गृह मन्त्रालयले बिहीबारबाट सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । 

    मन्त्रालयले ओमिक्रोन भेरियन्टको जोखिमलाई हेरेर सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्रपत्र खारेज गर्दै सिंहदरबार प्रवेशमा कडाइ गरेको हो ।

    मन्त्रालयका अनुसार कुनै पनि निकायले अब नयाँ अस्थायी पास वा परिपत्रपय जारी गर्नु परेमा गृह मन्त्रालयको पूर्व सहमति लिनुपर्नेछ ।

    सरसफाइसँग सम्बन्धित व्यक्तिहरुको हकमा यसअघि जारी भएको पासकै आधारमा प्रवेश दिइनेछ भने पत्रकारहरुले सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा प्रवेश पाउने व्यवस्था गरिएको छ ।