
बिहिवार , पौष २९, २०७८
भैरहवा, २९ पुस ।
लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले विद्यालयलाई हट एण्ड कोल्ड वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । लायन्सका संस्थापक मेल्भिन जोन्सको १४३ औं जन्मोत्सवको अवसर पारेर क्लबले सिद्धार्थनगर–२ स्थित श्री बहिरा बाल माध्यमिक विद्यालयमा वाटर डिस्पेन्सर हस्तान्तरण गरेको अध्यक्ष तनु शर्मा कसौधनले बताइन् । विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै उक्त सामग्री हस्तान्तरण गरिएको उनले बताइन् ।
‘मेल्भिन जोन्स सर्भिस विक’ को छैठौं कार्यक्रम अन्तर्गत विद्यालयलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको कार्यक्रम संयोजक नीपा क्षेत्रीले बताइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक एक्जुकेटिभ चिफ महेशचन्द थापाले लायन्स सिद्धार्थनगर लेडी युथ सामाजिक क्षेत्रमा क्रियाशिल भइ महत्वपूर्ण कार्य गरेको बताए ।
त्यस्तै डिष्ट्रिक डेपुटी चिफ विजय पाण्डे, सिद्धार्थनगर–२ का वडा सदस्य राजेन्द्र सिंह खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शारदा श्रेष्ठ, सदस्य खगराज पाण्डे, प्रधानाध्यापक भीम बहादुर थापा लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij