
बिहिवार , पौष २९, २०७८
भैरहवा, २९ पुस ।
लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले खाद्यान्न तथा न्यानो कपडा वितरण गरेको छ । क्लबले रुपन्देहीको सियारी गाउँपालिका–५ स्थित श्री विरेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत १० जना दृष्टिबिहीन विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको अध्यक्ष मञ्जु खरेलले बताइन् । लायन्सका संस्थापक मेल्भिन जोन्सको १४३ औं जन्मोत्सवको अवसरमा ‘मेल्भिन जोन्स सर्भिस विक’ अन्तर्गत कार्यक्रम गरिएको खरेलले जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डेपुटी चिफ रुपमा हिराचनले स्थापनाकालदेखि नै लायन्स सिद्धार्थनगर लोटसले उदाहरणीय कार्य गर्दै आएको बताइन् । उनले आगामी दिनमा पनि रचनात्मक कार्यहरुलाई निरन्तरता दिन आग्रह गरिन् ।
त्यस्तै विद्यालयका सहायक प्रधानाध्यापक कमला भण्डारी, रिजन चेयरपर्सन तथा लायन्स सिद्धार्थनगर लोटसका संस्थापक अध्यक्ष अनिता थापा, डिष्ट्रिक प्रोग्राम मेम्बर तथा लायन्स सिद्धार्थनगर लोटसका निवर्तमान अध्यक्ष दुर्गा आचार्य, विद्यालयका शिक्षक लोकनाथ सापकोटा लगायतले बोल्दै समाजमा रहेका आफू भन्दा कम भाग्यशाली व्यक्तिहरुलाई सहयोग गर्नु लायन्सको मर्म भएको बताए ।
क्लबका सह–कोषाध्यक्ष तथा कार्यक्रम संयोजक लत्ता पोखरेलको स्वागत, सह–सचिव अनिता थापा क्षेत्रीको ध्वजा अभिवादन तथा सचिव सरिता आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij