२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

कोरोनाविरुद्ध लड्न स्वास्थ्यकर्मीलाई दोस्रो तहको तालिम

बुधवार , आश्विन २८, २०७७

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, २८ असोज ।
    कोरोनाविरुद्ध लड्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई दोस्रो तहको तालिम प्रदान गरिएको छ । कोभिड–१९ का विरुद्ध फ्रन्टलाइनमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई मध्यनजर गर्दै भैरहवास्थित प्रतिमान–निमा स्मृति प्रतिष्ठानको पहलमा अमेरिकाको प्रोजेक्ट होपको सहकार्य, ब्राउन युनिर्भसिटी र युनिर्भसिटी अफ न्यू मेक्सिकोको सहयोग र लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको समन्यवमा ५ दिने तालिम सम्पन्न भएको प्रतिष्ठानका कार्यकारी निर्देशक तथा तालिम कार्यक्रम संयोजक स्वाती थापाले बताइन् । तालिममा कास्की, बाँके, दाङ, गुल्मी, प्युठान, पाल्पा लगायत विभिन्न १ हजार ८ सय २० जनाको सहभागिता रहेको थापाले जानकारी दिइन् ।

    एउटा प्रशिक्षकले कम्तीमा २ सय जनालाई प्रशिक्षण दिनुभएको थियो , ८–९ जना प्रशिक्षकले १ हजार ८ सय २० जनालाई प्रशिक्षण दिनुभयो, उनले भनिन् ।
     
    विश्व स्वास्थ्य संगठनको गाइडलाइनमा आधारित दोस्रो तहको तालिममा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा कार्यरत प्रोफेसर डा. रानोमल पिरयानी, लुम्बिनी प्रादेशिक अस्पतालका डा. नविन दर्नाल, लुम्बिनी प्रादेशिक अस्पतालकी नर्सिङ चिफ ज्योति पौडेल, देवदह मेडिकल कलेजका डा. सुन्दर पाण्डे , भेरी अस्पताल नेपालगंजका डा. दुर्गा लक्ष्मी श्रेष्ठ, प्रतिमान–निमा स्मृति प्रतिष्ठानका चिकित्सा स्वास्थ्यकर्मीहरु लगायतले सहजीकरण गरेका थिए ।