२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

रुपन्देहीमा लागुऔषधसहित तीनजना पक्राउ

बुधवार , पौष २८, २०७८

भैरहवा, २८ पुस ।
रुपन्देही प्रहरीले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ का ४८ वर्षिय भिम गुरुङ, भारतको महाराजगंज जिल्ला नौतनवाका २० वर्षिय शाहवाज आलम र सोही स्थानका ३० वर्षिय रहमत अली रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरुलाई तिलोत्तमा नगरपालिका–७ भलवारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए ।

चेकजाँचको क्रममा उनीहरुले लुकाईछिपाई राखेको ब्राउनसुगर ३ ग्राम ८५० मिलिग्राम, नाइट्राभेट १० ट्याब्लेट, एसपीएसप्रोक्स तथा क्याम्पसुल १३ र १० लेखेको २ ट्याब्लेट बरामद गरिएको डीएसपी पौडेलले जानकारी दिए ।  त्यस्तै उनीहरुबाट नगद १६ हजार ३ सय ४५ रुपैयाँ र ६ वटा मोबाइल बरामद गरिएको उनले बताए ।