२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

कर्मचारी युनियन रुपन्देहीमा चक्रपाणी पाण्डेयको अध्यक्षतामा नयाँ नेतृत्व

बुधवार , पौष २८, २०७८

भैरहवा, २८ पुस । 
नेपाली कांग्रेस निकट नेपाल कर्मचारी युनियन जिल्ला कार्यसमिति, रुपन्देहीमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । 

आठौं अधिवेशनबाट चक्रपाणी पाण्डेयको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । जसको खुल्ला उपाध्यक्षमा टेकराज पन्थी, महिला उपाध्यक्षमा अनिता विक थारु र समावेशी उपाध्यक्षमा अब्दुल मजिद खाँ निर्वाचित भएका छन् ।

त्यस्तै युनियनको सचिवमा हुमलाल भुसाल, सह÷सचिवमा पदमराज आचार्य र कोषाध्यक्षमा मशहुर आलम खान निर्वाचित भएका छन् ।

त्यसै गरी सदस्यहरुमा मुक्तिप्रसाद भट्टराई, रविनकुमार जिसी, चिरञ्जीवि घिमिरे, विकास गौतम, दुर्गाप्रसाद अधिकारी, विन्देश्वरी गुप्ता, सपना पौडेल, रेखाकुमारी पौडेल, हुमराज पौडेल र विरेन्द्रकुमार कोहार निर्वाचित भएका छन् ।

युनियनको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा मोहनकुमार नेपाल, शंकर पुरी, हरीप्रसाद ज्ञवाली, नविन पन्थी र धिरेन्द्रराज सुवेदी सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत तुलसीराम ढकालले जानकारी दिए ।