
बुधवार , पौष २८, २०७८
भैरहवा, २८ पुस ।
लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले शैक्षिक सामग्री वितरण गरेको छ । लायन्सका संस्थापक मेल्भिन जोन्सको १४३ औं जन्मोत्सवको अवसर पारेर क्लबले सिद्धार्थनगर–३ स्थित श्री खजहना आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरिएको कार्यक्रम संयोजक शिल्पा श्रीवास्तवले बताइन् ।
‘मेल्भिन जोन्स सर्भिस विक’ को पाँचौ कार्यक्रम अन्तर्गत १३० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको क्लबका वर्ष २०२१/२२ का अध्यक्ष तनु शर्मा कसौधनले बताइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले लायन्स सिद्धार्थनगर लेडी युथले रचनात्मक कार्य गर्दै आएको बताए ।
त्यस्तै डिष्ट्रिक डेपुटी चिफ रुपमा हिराचन, रिजन चेयरपर्सन अनिता थापा, विद्यालयका प्रधानाध्यापक सुरेन्द्र मिश्रा लगायतले बोल्दै क्लबले राम्रो काम गरेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij