२०८२, आश्विन ३ गते

Sep 19 2025 | २०८२, आश्विन ३ गते

नेपाल लाइफ इन्स्यारेन्सद्वारा बीमा मृत्यु दावी रकम हस्तान्तरण

बुधवार , आश्विन २८, २०७७

  • 5.4K
    Shares
  • 5.4K
    Shares
  • भैरहवा, २८ असोज । 
    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखाले जीवन बीमा मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । कम्पनीले स्व. शिव प्रसाद यादवको परिवारलाई रकम हस्तान्तरण गरेको थियो ।

    कम्पनीका भैरहवा शाखा प्रमुख रमेश कुमार पौडेलले मृतककी श्रीमती इन्द्रावती अहिरलाई ५ लाख ३२ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गरे ।

    यादवको जेठ ११ गते मृत्यु भएको थियो । उनले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बीमांक ५ लाखको बीमा गराएका थिए । कम्पनीका अनुसार यादवले बीमाको पहिलो किस्तावापत ४५ हजार २ सय २४ रुपैया शुल्क तिरेका थिए ।

    बीमा दावी रकम हस्तान्तरण कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखाका कर्मचारी विष्णु प्रसाद सुवेदी, मनोज खराल, एजेन्सी म्यानेजर राधेश्याम मुराउ र दिलिप यादवको उपस्थिति रहेको थियो ।