
बुधवार , आश्विन २८, २०७७
भैरहवा, २८ असोज ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिकाले बुधबारदेखि अर्को सूचना नभएसम्मका अत्यावश्यकबाहेक अन्य सेवाहरु स्थगित गरेको छ । हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रुपन्देही जिल्ला र छिमेकी गाउँपालिकाहरुमा समेत तीव्र रुपमा बढिरहेकोले गाउँपालिकामा समेत उक्त संक्रमण व्यापक रुपमा फैलिन सक्ने सम्भावनालाई रहेकोले सो को रोकथाम तथा नियन्त्रणका लागि सेवा बन्द गरिएको अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु)ले बताए ।
गाउँपालिकाका तथा मातहतका सरकारी कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेक अन्य सेवा स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ढुङ्गानाले बताए । गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै स्वास्थ्य सुरक्षाको पालना गरी सुरक्षित रहन हुन समेत सबै गाउँपालिकावासीहरुमा अनुरोध गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij