
मंगलवार , आश्विन २७, २०७७
भैरहवा, २७ असोज ।
रुपन्देहीको मायादेवी गाउँपालिकाले असोज २८ गते बुधबारदेखि कार्तिक ६ गतेसम्म सेवा प्रवाह बन्द गर्ने भएको छ । मायादेवी गाउँ कार्यपालिकाको कार्यालय तथा वडा कार्यालयबाट प्रवाह गरिने अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु ९ दिनसम्म प्रदान नगरिने गाउँपालिकाका अध्यक्ष ध्रुव नारायण चौधरीले बताए । सो अवधिसम्म गाउँपालिका अन्तर्गतका शैक्षिक संस्था समेत बन्द गरिएको चौधरीले जानकारी दिए ।
हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण मायादेवी गाउँपालिकामा समेत विरामीहरु बढेको र काम गर्न असहज परिस्थिति सिर्जना भएकोले सो को नियन्त्रण र रोकथाम तथा नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै कार्यालयबाट प्रवाह गरिने सेवाहरु बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले बताए । उक्त अवधिमा कार्यालयबाट एम्बुलेन्स, दमकल, स्वास्थ्य र सरसफाई सेवा प्रवाह गरिने पन्थीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij