२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

रुपन्देहीमा मंगलबार थपिए १४६ जना कोरोना संक्रमित

मंगलवार , आश्विन २७, २०७७

भैरहवा, २७ असोज । 
रुपन्देहीमा मंगलबार थप १४६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ५१ जना महिला र ९५ जना पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार मंगलबार बुटवल उपमहानगरपालिकाका ८८, सिद्धार्थनगर नगरपालिकाका २०, तिलोत्तमाका १२, देवदहका र मायादेवीका ५/५, रोहिणी र शुुद्धोधनका २/२, सैनामैनाका ८, सियारी, कञ्चन, लुम्बिनी सांस्कृतिक नगरपालिका र ओमसतियाका १/१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यो संगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ९ सय ९६ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।

जिल्लामा हालसम्म २ हजार ५ सय ९२ जना कोरोना संक्रमित निको भएका छन् ।  त्यस्तै रुपन्देहीमा १ हजार ३ सय ६१ जना कोरोना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म ४३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।