२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

गाडीको ठक्करबाट फलफूल व्यवसायीको मृत्यु

मंगलवार , आश्विन २७, २०७७

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा, २७ असोज । 
    स्कारपियो गाडीले फलफूल बेच्ने ठेलालाई ठक्कर दिँदा ठेला चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ दयापथका ४० वर्षीय बिनोद मल्लाह रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) खड्क बहादुर खत्रीका अनुसार सिद्धार्थनगर नगरपालिका–८ नारायणस्थान नजिकै भित्री सडकखण्डमा लु १ य ८ नम्बर को स्कारपियो गाडीले सोमबार सांझ सडकको साइडमा फलफूल बेच्ने ठेलालाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका विनोदलाई उपचारको लागि भैरहवास्थित भीम अस्पतालमा पठाइएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।