२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था रुपन्देहीको अध्यक्षमा पौड्याल

सोमवार , पौष २६, २०७८

भैरहवा, २६ पुस ।

भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था रुपन्देहीको दोस्रो साधारणसभा तथा अधिवेशन आइतबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले ज्ञानु पौड्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा गिरी प्रसाद पुन, सचिवमा मञ्जु ज्ञवाली, सह–सचिवमा जगन्नाथ प्रसाद कुर्मी र कोषाध्यक्षमा निजामुद्दिन पठान रहेका छन् ।

त्यस्तै सदस्यमा कृष्ण प्रसाद नेपाल, चुरामणि पौड्याल, यज्ञ प्रसाद अर्याल, निरञ्जन पाठक, तुलसीराम यादव, टेक कुमारी श्रेष्ठ, समिउर्रहमान अन्सारी, रामअवध पासी, मोहम्मद अस्लम खाँ, चन्द्रकान्त भण्डारी, कृष्ण बहादुर गुरुङ, राजकुमार लोध र गिरीराज पाठक रहेका छन् । त्यसै गरी सल्लाहकारमा शिव गौडेल र दिनेश पौड्याल रहेका छन् ।

संस्थाका अध्यक्ष ज्ञानु पौड्यालको अध्यक्षता, कानूनी सल्लाहकार तथा अधिवक्ता शिव गौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

संस्थाले हालसम्म तीन वटा पालिकामा सार्वजनिक सुनुवाई, हस्ताक्षर कार्यक्रम, होर्डिङ बोडै, मिडिया एडभोकेसी, अवलोकन र अनुगमन, समिक्षा र आदानप्रदान, स्थापना दिवसमा सहभागिता गरेको छ ।

भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि तथा जनमत सिर्जना गर्नु, समाजमा सदारचारमूलक संस्कृतिको विकास गर्नमा सहयोग पुर्याउन, सार्वजनिक विकास निर्माण कार्य वा सेवा प्रवाहका कार्यमा सुशासन कायम गर्नमा सहयोग पुर्याउनु, भ्रष्टाचार नियन्त्रणमा क्रियाशिल निकायहरुसंगको एकीकृत र समन्वयात्मक सहकार्य अभिवृद्धि, भ्रष्टाचारविरुद्धको प्रवद्र्धनात्मक कार्य आयोगलाई सहयोग पुुर्याउनु र भ्रष्टाचार नियन्त्रणमा नागरिक समाजको सहभागिताको प्रवद्र्धन गर्नु संस्थाको उद्देश्य रहेको अध्यक्ष पौड्यालले बताइन् ।

मुलुकमा सुशासन र समृद्धि हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त भएको र यसका लागि सम्पूर्ण सरोकारवालाको सहभागिता अपरिहार्य भएकोले भ्रष्टाचाविरुद्ध क्रियाशिल संघ–संस्थाहरुको बीचमा निर्माण तथा सेवा प्रवाहमा भ्रष्टाचार भए–नभएको विषयमा निगरानी गरी निरोधात्मक र प्रवद्र्धनात्मक कार्यक्रमहरुमार्फत भ्रष्टाचारविरुद्धको निगरानी संस्था, रुपन्देहीमा स्थापना गरी कार्य सञ्चालन गरिएको हो ।