२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

लायन्स सिद्धार्थनगर लेडी युथद्वारा विद्यार्थीहरुलाई तयारी खाना वितरण

सोमवार , पौष २६, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, २६ पुस ।
    लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले विद्यार्थीहरुलाई तयारी खाना वितरण (खीर) खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । लायन्सका संस्थापक मेल्भिन जोन्सको १४३ औं जन्मोत्सवको अवसर पारेर १५० जना विद्यार्थीहरुलाई खिर खुवाइएको कार्यक्रम संयोजक साबा खानले बताइन् ।

    ‘मेल्भिन जोन्स सर्भिस वीक’ को अन्तर्गत तेस्रो कार्यक्रम रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ गोनहियास्थित श्री विन्ध्यासिनी मिसुजु आधारभूत विद्यालयमा अध्ययनरत विद्याथीहरुलाई खिर खुवाइएको क्लबका वर्ष २०२१/२२ का अध्यक्ष तनु शर्मा कसौधनले बताइन् ।

    कार्यक्रममा  बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का पाष्ट डिष्ट्रिक गभर्नर अरुण प्रताप राणाले लायन्स सिद्धार्थनगर लेडी युथले उदाहरणीय कार्य गरेको बताए । 

    कार्यक्रममा डिष्ट्रिक चिफ एडभाईजर उमंग देवकोटा सिद्धार्थनगर–९ का वडाअध्यक्ष शेषकान्त भण्डारी, डिष्ट्रिक डेपुटी सेक्रेटरी विजय पाण्डे लगायतले लायन्स क्लबले गरेका सामाजिक कार्यहरु बारे भनाइ राखेका थिए ।

    लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले ‘माई लायन भिलेज–गोनहिया’ सञ्चालन गरेको छ । सोही अभियान अन्तर्गत क्लबले गोनहियामा विभिन्न कार्यक्रम गर्दै आएको छ ।