आइतवार , पौष २५, २०७८
भैरहवा, २५ पुस ।
लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले न्यानो कपडा वितरण गरेको छ ।
लायन्सका संस्थापक मेल्भिन जोन्सको १४३ औं जन्मोत्सवको अवसर पारेर क्लबले रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्यसाई वृद्ध सेवा आश्रममा न्यानो कपडा वितरण गरेको कार्यक्रम संयोजक सुधा कुंवरले बताइन् ।
आश्रममा रहेका वृद्धवृद्धालाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले सल तथा जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको क्लबका वर्ष २०२१/२२ का अध्यक्ष तनु शर्मा कसौधनले बताइन् ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर नवराज न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महेशचन्द थापा, शार्दुल मयुर कसौधन, गोविन्द प्रसाद गिरी लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij