२०८३, बैशाख २४ गते

May 07 2026 | २०८३, बैशाख २४ गते

चौपारी टोल विकास संस्थाको १० औं साधारणसभा

आइतवार , पौष २५, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • बुटवल, २५ पुस । 
    बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित चौपारी टोल विकास संस्थाको १० औं साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजु गुरुङको अध्यक्षता, उपाध्यक्ष गणेश सापकोटाको स्वागत तथा सचिव नारायण रायमाझीको सञ्चालनमा भएको कार्यक्रममा वडा नम्बर ११ वडा कार्यालयका इञ्जिनियर ज्ञान प्रसाद अर्यालले टोलको विकासको लागि संस्थाको भूमिका हुने बताए । 
    कार्यक्रममा संस्थाका सल्लाहकार रोम बहादुर कुवर, सल्लाहकार मीना कार्की, संस्थापक अध्यक्ष अर्जुन कुवर, स्थानीय टिका केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    साधारणसभाले अध्यक्ष राजु गुरुङद्वारा प्रस्तुत प्रतिवेदन तथा कोषाध्यक्ष जीवन कुमार श्रेष्ठद्वारा आर्थिक प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा हालै अध्ययन पुरा गरेका डा. सुस्मा के.सी. र  डा. आविष्कार बस्नेतलाई सम्मान गरिएको कार्यक्रम संयोजक अर्जुन कुवरले जानकारी दिए । त्यसै गरी संस्थालाइ सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान  गरिएको थियोे ।