२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

रुपन्देहीमा अवैध सालको काठ बरामद      

आइतवार , पौष २५, २०७८

भैरहवा, २५ पुस ।
रुपन्देही प्रहरीले अवैध सालको काठ बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले उक्त काठ बरामद गरेको हो ।

कञ्चन गाउँपालिका–५ स्थित डाँडा लाईनमा बस्ने ३४ वर्षिय शंकर पुनको घर पेरीमिटर खानतलासी गर्दा बिना ईजाजत, बिल भरपाई, टाँचा निसाना नभएका सालको फेन्टा १४ थान र उक्त दक्षिणतर्फ आँगनमा राखिएको झ्याल, ढोकाको काठ ६६ थान र पुनको खेतमा बेवारिसे अवस्थामा राखिएको सालको काँचो गुलिया ७ थान गरी ८३.३९ क्यूफिट काठ बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलका अनुसार करिब ४ लाख १५ हजार बराबरको काठ बरामद गरी आवश्यक कारवाहीको लागी कञ्चन सव डिभिजन वन कार्यालय फायरलाईन र स्थानीयको रोहवरमा रुद्रपुर सामुदायिक उपभोक्ता समूह रुपन्देहीमा बुझाइएको छ ।