२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

रुपन्देहीमा अवैध लागुऔषधसहित एक जना पक्राउ

आइतवार , पौष २५, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, २५ पुस ।
    अवैध लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–४ का २३ वर्षिय सुरज थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए । उनले बोकेको कालो रंगको हाते झोला खानतलासी गर्ने क्रममा झोलामा डाईजेपाम  एम्पुल, नुफिन र फेनारागन ५०/५० एम्पुल फेला परेको डीएसपी पौडेलले बताए । 

    अवैध लागुऔषधको कारोबार तथा विक्रीवितरण हुँदैछ भन्ने विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले शनिबार बुटवल उपमहानगरपालिका–९ स्थित बसपार्कमा मगरको साथबाट लागुऔषध र मोबाइल एक थान बरामद गरी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।