२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

छोटकी रामनगर मावि व्यवस्थापन समिति अध्यक्षमा सद्दाम अली

शनिवार , पौष २४, २०७८

भैरहवा, २४ पुस । 
रुपन्देहीको ओमसतिया गाउँपालिका–६ नरैनापुरस्थित श्री छोटकी रामनगर मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सद्दाम अली पठान सर्वसम्मत चयन भएका छन् । शुक्रबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले पठानलाई अध्यक्षमा चयन गरेको ओमसतिया–६ का वडाअध्यक्ष शिव कुमार धवलले जानकारी दिए । त्यस्तै बैठकले महिला सदस्यमा शीला केवटलाई निर्वाचित गरेको छ । 

यसअघि विद्यालय व्यवस्थापन समितिको निर्वाचनले पाँच सदस्यीय समिति चयन गरेको थियो । जसमा सुभावति पासी, अमरवती हरिजन, तुलानाथ चौधरी र सुरेन्द्र कुमार केवट निर्वाचित भएका थिए ।

२ सय ५१ मत खसेको निर्वाचनमा सुरेन्द्रकुमार केवट, तुलानाथ चौधरी र चन्द्रभेसर केवट तीनैजनाको बराबर ८१ मत आएको हुँदा निर्वाचन मण्डलले गोलप्रथाबाट दुई जनालाई निर्वाचित गरेको थियो ।

शिक्षा ऐन अनुसार जनप्रतिनिधिको रुपमा ओमसतिया–६ का वडा अध्यक्ष शिव कुमार धवल र शिक्षकबाट राम कैलाश राजभर सचिव रहने व्यवस्था रहेको छ ।

विद्यालय व्यवस्थापन समितिको पहिलो बसेको बैठकबाट शिक्षा ऐन अनुसार स्थानीय बुद्धिजिवी रुपमा सदस्य पदमा सद्दाम अलि पठानलाई नियुक्त गरेको थियो  । युवा व्यक्तित्व सद्दाम अली पठान अध्यक्ष निर्वाचित भएपछि उनको कार्यकालमा विद्यालयले शैक्षिक प्रगति गर्ने विश्वास गरिएको वडा अध्यक्ष शिव कुमार धवलले बताए ।